काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले १० औं तह र त्यसमाथिको कर्मचरी नियुक्ति, पदस्थापन तथा सरुवाको अधिकार प्रबन्ध निर्देशकबाट खोसेको छ ।
मंगलबार साँझ प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएपछि रातारात बसेको सञ्चालक समिति बैठकबाट सो निणर्य भएको हो । बैठकले नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली २०७५ ९संशोधनसहित० भएको व्यवस्थामध्ये १० औं तह र माथिल्लो तहका कर्मचारीहरु सरुवा, बढुवादेखि काजमा खटाउनेसम्मका सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने निर्णय गरेको जनाइएको छ ।
यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्रबन्ध निर्देशकको अधिकार कटौती गर्न खोजेक थिए । तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले मन्त्रीले उक्त अधिकार कतौती गर्न नहुने अडान राखेपछि मन्त्री खड्काको प्रयास सफल भएको थिएन । मन्त्रीपरिषदले सोमबार घिसिङलाई हटाएर मंगलबार शाक्यलाई नयाँ प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।















प्रतिक्रिया दिनुहोस्