Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कार्यक्रम बिथोलिएपछि उग्र बनेका राजावादी समर्थकले तीनकुनेको निजी घरमा गरे आगजनी र तोडफोड

कार्यक्रम बिथोलिएपछि उग्र बनेका राजावादी समर्थकले तीनकुनेको निजी घरमा गरे आगजनी र तोडफोड
विज्ञापन
Advertisement

काठमाडौं । राजावादी समर्थकहरु तिनकुनेमा अराजक रुपमा प्रस्तुत भएका छन् । उनिहरुले काठमाडौंको तीनकुनेमा रहेको एक निजी घरमा आगजनी गरेका छन् भने तीनओटा घरमा तोडफोड गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

तीनकुनेस्थित चौरमा भेला भएका राजावादीहरुको समूह बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरी र राजावादी पक्षबीच झडपसमेत भएको थियो ।

सुरक्षामा खटिएका प्रहरीले ढुंगामुढा गर्ने भीडलाई तितरवितर बनाउन केही सेल अश्रुग्यास प्रहार गरी राजावादीको मञ्चलाई खाली गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा समेत फ्याँकेको थियो । प्रदर्शनकारी उग्र बन्दै बानेश्वरको निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा तिनकुनेको अवस्था तनावग्रस्त बनेको हो ।

राजावादीले काठमाडौंको तीनकुनेबाट बानेश्वरतर्फ जान खोज्दा प्रहरीले रोक्ने क्रममा बल प्रयोग गरेपछि तनाव सिर्जना भएको हो । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुन् ।

यसैबीच प्रर्दशनको क्रममा तीनकुनेका तीन जना स्थानीयका घरमा तोडफोड भएको छ। ती घरमा बसेर प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले तीन वटा घर तोडफोड गरेका हुन्। उनिहरुले सडकमै टायर बालेका थिए भने तीनकुनेबाट निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहँदा प्रहरीले सुरक्षामा कडाई गरेको छ ।

वर्तमान व्यवस्थालाई चुनौती दिँदै प्रदर्शनमा उत्रिएका राजावादीहरू प्रहरीको घेरा तोडेर गणतन्त्र पक्षधर समाजवादी मोर्चाको आन्दोलनन बिथोल्ने प्रयत्न गरिरहेको देखिन्छ । प्रहरीले सो समुहको मञ्च नै केहीबेर अघि खाली गराएर भिडलाई तितरवितर पारेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit