Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मन्त्रिपरिषद्को निर्णय : सशस्त्र प्रहरीको आईजीपीमा पौडेल नियुक्त, भन्सार नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : सशस्त्र प्रहरीको आईजीपीमा पौडेल नियुक्त, भन्सार नियमावली स्वीकृत
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको नयाँ महानिरीक्षक मा एआईजी नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरियताको पहिलो नम्बरमा रहेका पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

हालका आईजीपी राजु अर्याल आगामी वैशाख १८ गतेदेखि आफ्नो चारवर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्। अर्याल अवकाशमा जानुभन्दा चार दिनअघि नै सरकारले पौडेललाई १३ औं आईजीपी बनाउने निर्णय गरेको हो।

नयाँ आईजीपीको प्रतिस्पर्धामा पौडेलसँगै एआईजीहरू बंशी दाहाल र गणेश थापा मगर पनि रहेका थिए। यद्यपि, सरकारले जेष्ठता र वरियतालाई आधार मान्दै एक नम्बरमा रहेका पौडेललाई नै सशस्त्रको कमान्ड सुम्पिने भएको छ । यसैगरी बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने समेत निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका आजका निर्णयहरु :
१. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धि सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
२. भन्सार नियमावली २०८३ स्वकृत गर्ने ।
३.सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक श्री नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने । 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit