Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

गाजावासीलाई छिमेकी देशमा सार्ने ट्रम्पको योजनाविरुद्ध मौन नबस्न हमासको आह्वान

गाजावासीलाई छिमेकी देशमा सार्ने ट्रम्पको योजनाविरुद्ध मौन नबस्न हमासको आह्वान
विज्ञापन
Advertisement

कायरो । हमासका एक वरिष्ठ अधिकारीले सोमबार विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजनाविरुद्ध लड्न आह्वान गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सामी अबु जुहारीले एक विज्ञप्ति जारी गर्दै भने, “नरसंहार र भोकमरीको संयोजन गर्ने यो कुटिल योजनाको सामना गर्न विश्वको जुनसुकै कुनामा पनि हतियार बोक्न सक्ने जो कोहीले पनि कदम चाल्नुपर्छ ।”

उनले अमेरिकी राष्ट्रपति ट्रम्पको कुटिल योजनाविरुद्ध मौन नबस्न आग्रह गरेका छन् ।

उनले भने, “विष्फोटक पदार्थ, गोली, चक्कु वा ढुंगा नरोक्नुहोस्। सबैले आफ्नो मौनता तोडिदेओस्।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासका नेताहरूलाई गाजा छोड्न दिने प्रस्ताव गरेको एक दिनपछि अबु जुहरीले यो आह्वान गरेका हुन् । नेतन्याहूले गाजामा युद्धको अन्तिम चरणमा प्यालेस्टिनी लडाकु समूहलाई निःशस्त्रीकरण गर्न माग गरेका थिए । उक्त अवसरमा नेतन्याहूले गाजावासीलाई अन्य देशमा विस्थापित गर्ने ट्रम्पको योजनाका लागि इजरायलले काम गरिरहेको बताए ।

नेतन्याहूले युद्धपछि इजरायलले गाजामा समग्र सुरक्षा सुनिश्चित गर्ने र प्यालेस्टिनी क्षेत्रमा बसोवास गर्ने सबै २४ लाख मानिसलाई सामूहिक विस्थापनका लागि आह्वान गरेको ट्रम्प योजनाको कार्यान्वयनलाई सक्षम बनाउने र यसलाई ‘स्वैच्छिक आप्रवासन योजना’को संज्ञा दिएका छन् ।

गत जनवरीमा पदभार ग्रहण गरेको केही दिनपछि ट्रम्पले गाजाबाट गाजावासीलाई हटाउन प्रस्ताव गरेका थिए । तर, यसको अरब राष्ट्रहरूसहित विश्व समुदायबाट विरोधपछि उनले उक्त प्रस्तावको चर्चा गरेको थिएन ।रासस/एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit