Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालको कृषि समृद्धि लागि जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयको सहकार्य

नेपालको कृषि समृद्धि लागि जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयको सहकार्य
विज्ञापन
Advertisement

बैंकक, थाइल्यान्ड ।  जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच सम्झौतामा हस्ताक्षर भएको छ । जैविक प्रविधि मार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्य भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्ड भ्रमणको अवसरमा २० चैतमा उक्त सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरे।

विज्ञापन
Advertisement
Advertisement

यो साझेदारी नेपाली कृषि क्षेत्रको दिगो विकास, नयाँ कृषि विधिहरू, र नेपाली कृषकहरूको जीवनस्तर सुधार्ने उद्देश्यले गरिएको हो । जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालय बीच जनता एग्रोले नेपालमा गरीरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको हेरचाह गर्ने नव रणनीतिहरू, फसल काट्ने नयाँ नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्ने लगायतका क्षेत्रमा सहकार्य भएको हो ।

जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन कुमार गोल्यानले भने, ‘यो साझेदारी नेपालको समग्र कृषि क्षेत्रमा आमुल परिवर्तन लागि महत्वपुर्ण शुरुआत हो । विश्वविद्यालयको मूल्यवान विशेषज्ञता तथा दक्षताले हामीलाई हाम्रा कृषकहरूलाई कृषि उपकरणहरू उपलब्ध गराउनमा मद्दत गर्नेछ, जसले उत्पादनमा वृद्धि हुनुको साथै नेपालको कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउनेछ ।’

कसेस्टार्ट विश्वविद्यालयको विशेषज्ञता र जनता एग्रो एण्ड फरेष्ट्रीको प्रयासले नेपालका कृषकहरूलाई आधुनिक कृषि प्रक्रियामा दक्ष बनाउन र कृषि उत्पादनको गुणस्तर र बजार प्रतिस्पर्धामा वृद्धि गर्न महत्वपुर्ण भुमिका खेल्ने छ । यस साझेदारीमा नियमित कार्यशालाहरू, खोज अध्ययनहरू, र तालिम कार्यक्रमहरू समावेश छन् जसले दुई संस्थाहरू बीच सहज ज्ञान स्थानान्तरणको प्रक्रियामा मद्दत पुर्‍याउनेछ । परियोजना कार्यान्वयन प्रक्रियामा दुवै पक्षको नेतृत्वको लागि एक समर्पित संयुक्त टोली रहनेछ । कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा। कृत वोन–इनले भने, ‘हाम्रो मिशन दिगो कृषि ज्ञानको विस्तार गर्नु हो, र जनता एग्रो सँगको यो साझेदारी कृषि क्षेत्रको विकासमा नयाँ आयामको एक उत्तम कदम हो । हाम्रो टोली नेपालमा जैविक कृषि क्षेत्रलाई पुनः रूपान्तरण गर्न प्रतिबद्ध छ ।’

सम्झौताअनुसार, नेपालको कृषि तथा वन क्षेत्रमा स्थिरता र उत्पादकत्वमा वृद्धि गर्न सहजता पुर्‍याउनका लागि कासेस्टार्ट विश्वविद्यालयले जनता एग्रो एण्ड फरेष्ट्रीलाई जैविक खेतीका अत्याधुनिक विधिहरूको प्रयोगमा विशेषज्ञता र नवितम् ज्ञान तथा सीप प्रदान गर्ने छ ।

त्यस्तै गरी कसेस्टार्ट विश्वविद्यालयले कृषि खेती संरक्षणका नयाँ तरिकाहरू, माटो सुधारका उपायहरू, प्राकृतिक किरा व्यवस्थापनको लागि समाधानका उपाय, र रोकथाम रणनीतिहरू बारे विभिन्न तालिम प्रदान गर्ने छ । कसेस्टार्ट विश्वविद्यालयले जनता एग्रो एण्ड फरेष्ट्रीले गरिरहेको जैविक खेतीलाई प्रभावकारी रुपमा निरन्तरता दिनका लागि नयाँ प्रविधि र कार्यविधिहरूसंग परिचय गराउने छ । नेपालले कृषि क्षेत्रमा अहिले भोगिरहेका समस्याहरूलाई ध्यानमा राख्दै, उत्पादनका अवसरहरूलाई पहिचान गर्ने र सृजनात्मक तरिकाले कृषिलाई व्यावसायिक बनाउनका लागि विविध विकल्पहरूको खोजीमा जनता एग्रो एण्ड फरेष्ट्री लागिरहेको छ ।

खेतीका परम्परागत तरिकाबाट बाहिर निस्केर कृषकको उत्पादन बढाएर कृषि क्षेत्रको समृद्धि पनि सुनिश्चित गर्न सकिन्छ । जनता एग्रो एण्ड फरेष्ट्रीले कृषिमा मुलुकमा आत्मनिर्भरता हासिल गर्दै, युवाहरूलाई आकर्षित गर्न नवीनतम सोच र कृषि सम्भावनाहरूको खोजी गर्न अर्न्तराष्ट्रिय स्तरमा अवसरको खोजी गरिरहेको छ ।
जनता एग्रोले नेपालको कृषि क्षेत्रमा गरिरहेको जैविक उत्पादन प्रशोधनका पछिल्ला विकासहरू अनुसन्धान गरी विश्लेषण गर्नमा कसेस्टार्ट विश्वविद्यालयको सहयोग रहने छ ।

जसमा नेपालको माटो परिक्षण, संरक्षणका लागि नयाँ विधिहरू, मूल्य अभिवृद्धि, प्रशोधन र गुणस्तर सुनिश्चितता समावेश छन् । जैविक उत्पादनहरूको गुणस्तर सुधार गर्नका लागि रणनीतिहरूमा केन्द्रित रहने छ । उक्त सम्झौताले नेपालमा जैविक उत्पादनमा विशेषज्ञता हासिल गर्नमा सहज हुने छ । नेपालको कृषि क्षेत्रमा नयाँ नयाँ आधुनिक प्रविधिहरुको प्रयोग गरी उत्पादनमा वृद्धि हुनुका साथै कृषि उपजमा आत्मनिर्भर बन्दै विश्व बजारमा नेपाली उत्पादनलाई निर्यात गरी विदेशी मुद्रा नेपाल भित्र्याउन विशेष प्रकारको अवसर प्राप्त हुने विश्वास गरिएको छ ।

यसैविच नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँदै विश्व बजारमा नेपाली प्रोडक्टको छुट्टै पहिचान गराउने उदेश्यका साथ स्थापना भएको जनता एग्रो एण्ड फरेष्ट्रीले थाईल्याण्डमा नेपाली प्रोडक्टलाई प्रमोट गर्नको लागि इनभेष्टरहरुसँग सहकार्य गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । थाइल्याण्डमा नेपाली उत्पादनलाई पहिचान सहित बजारीकरण गर्ने सम्बन्धमा जनता एग्रो एण्ड फरेष्ट्रीको विभिन्न संस्थासंग सहकार्य गरेको हो ।

विश्व समुदायका विविधतायुक्त सरोकारवालामाझ अन्य देशका प्रोडक्ट भन्दा नेपाली प्रोडक्टको फरक स्वाद तथा अतुलनीय विशेषतालाई पहिचान गराउनका निम्ति नेपालका लागि उल्लेखनीय कार्य हो । नेपाली उत्पादनलाई प्रमोट गरी उच्च गुणस्तर सहितका प्रोडक्टहरुलाई सजिलै रुपमा विश्वका विभिन्न बजारहरुमा निर्यात गरी नेपालको विविधता तथा पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्दै विश्वसामु नेपाललाई चिनाउने योजना जनता एग्रो एण्ड फरेष्ट्रीको रहेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच दुईपक्षीय भेटवार्तापछि दुई मुलुककाबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान समेत भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit