काठमाडाैं । पछिल्लो साता सुनको मूल्य एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्यले यस अघिको रेकर्ड तोडेको हो ।। आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेसँगगै नयाँ रेकर्ड बनाएको हो ।
हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो ।
यसैबिच चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्