काठमाडौं। नापजाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७३० स्ववासी परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । नापी कार्यालय कपिलवस्तुले वडा नम्बर ७ का ३३८ र वडा नम्बर ८ का ३९२ परिवारलाई गरी ७३० थान जग्गाधनी पुर्जा वितरण गरेको हो ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो । आयोगबाट विगतमा नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गरी अहिले पुर्जा वितरण गरिएको हो । जग्गाधनी पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ७३० परिवारले आफूले भोगचलन गर्दै आएको जग्गाको औपचारिक कानुनी स्वामित्व प्राप्त गरेका छन् ।
यसअघि बुद्धभूमि नगरपालिकाकै वडा नम्बर ५, ६ र १० का २ हजार ४१६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो । सरकारले देशका विभिन्न स्थानमा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ ।















प्रतिक्रिया दिनुहोस्