Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

अटोमोवाइल क्षेत्रलाई माथि उठाउन नाडाले गरेको आग्रहपछि करको दर घटाउने अर्थमन्त्रीको आश्वासन

अटोमोवाइल क्षेत्रलाई माथि उठाउन नाडाले गरेको आग्रहपछि करको दर घटाउने अर्थमन्त्रीको आश्वासन
विज्ञापन
Advertisement

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोवाइल क्षेत्रका समसामयिक समस्या र सुधारका उपायबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छलफल गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारमा अर्थमन्त्री वाग्लेलाई भेटी अटोमोवाइल क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी गराएको हो।

छलफलका क्रममा अर्थमन्त्रीले सरकार राजस्व संकलन वृद्धि गर्ने उपायहरूको खोजीमा रहेको बताए । उनले राजस्व बढ्ने सुनिश्चितता भएमा करको दर घटाउन सरकार तयार रहेको र आगामी नीतिहरू निजी क्षेत्र मैत्री हुने आश्वासन दिएको नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उद्योग प्रवर्द्धनका लागि कच्चा पदार्थमा छुटको माग

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोवाइल उद्योगलाई गति दिन आयातित कच्चा पदार्थमा सहुलियत दिनुपर्नेमा जोड दिए । हाल सि.के.डी माध्यमबाट हुने उत्पादनमा केही सहजता भए पनि पूर्ण उद्योग सञ्चालनमा कठिनाइ भइरहेको उनको भनाइ थियो। अध्यक्ष उप्रेतीले नेपालमै टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट्स र हेलमेट जस्ता वस्तु उत्पादन भइरहे पनि सरकारसँग गुणस्तर मापन गर्ने आवश्यक यन्त्र नहुँदा व्यवसायीले समस्या झेल्नुपरेको गुनासो गरे । सो अवसरमा नाडाको तर्फबाट ३६ बुँदे लिखित सुझाव अर्थमन्त्रीलाई बुझाएको छ । सो भेटमा पूर्व अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनेन्ट उद्योगहरूको प्रचुर सम्भावना रहेको जानकारी दिए । यस्तै नाडा उपाध्यक्ष विक्रम सिंघानियाले नेपाली उद्योगहरूलाई प्रोत्साहन दिने नीति ल्याउन माग गरे ।

छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक लगायतको उपस्थिति रहेको थियो। भेटपछि नाडाले सरकारको सहयोग भएमा अटोमोवाइल क्षेत्रबाट राजस्व र रोजगारी दुवैमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit