Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

बक्यौता उठाउने मेरो प्रयास नै मलाई पदबाट हटाउने मुख्य कारण बन्योः कुलमान घिसिङ

बक्यौता उठाउने मेरो प्रयास नै मलाई पदबाट हटाउने मुख्य कारण बन्योः कुलमान  घिसिङ
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूले उद्योगीहरुबाट विद्युत महसुल उठाउन गरेको प्रयत्न नै पदबाट हटाउनुको मुख्य कारण बनेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुत्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले महसुल उठाउन खोज्दा माथिल्लो निकायबाट अवरोध भएको सुनाए । उनले लोडसेडिङको समयमा जनतालाई अध्यारोमा राखेर उद्योगीहरुलाई वितिरण गरेको विद्युतको महशुल उठाउन खोज्दा पटक पटक राजनीतिक दबाब र राजनीतिक हस्तक्षेप भएको बताए ।

उनले भने,‘ बक्यौता उठाउन मैले विभिन्न तत्वहरुको दबाब, राजनीतिक हस्तक्षेपलाई मैले टेरिन र मेरो नैतिकता दिएन ।’

आफूमाथि ६ पटक स्पष्टीकरण सोधिएको उल्लेख गर्दै उनले आफूलाई हजारौं कागजात मागेर हतोत्साही बनाउने काम सरकारबाट भएको बताए ।

उनले ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्नु अपराध भएको हो?,’ भन्ने प्रश्न गर्दै भने , ‘यसको जवाफ जनताले दिने छन् ।’

उद्योगीलाई बक्यौतामा चित्त नबुझे  विद्युत नियमन आयोग लगायतका निकायबाट समस्या समाधान गर्ने बाटो हुँदाहुँदै पनि आफूलाई हटाएर सरकारले राहतको श्वास फेरेको भनाइ उनको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit