Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाल माइक्रो इन्स्योरेन्सकाे ३०२.४० रुपैयाँबाट शेयर कारोबार सुचारु

नेपाल माइक्रो इन्स्योरेन्सकाे ३०२.४० रुपैयाँबाट शेयर कारोबार सुचारु
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल माइक्रो इन्स्योरेन्सकाे ३०२.४० रुपैयाँबाट शेयर कारोबार सुचारु भएकाे छ ।नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार उक्त कम्पनीको शेयर स्पेसल प्रि-ओपन सेसनमा म्याचिङ भएर कारोबार भएको हो । नेप्सेले पहिलो कारोबारको लागि १००८० रुपैयाँ देखि ३०२.४० रुपैयाँको सुरुवाती रेन्ज तोकेको थियो। आज प्रति कित्ता ३०२ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सो कम्पनीको ७५ लाख कित्ता शेयर शेयर गत बिहिबार नेप्सेमा सूचिकृत भएको थियो । गत बिहीबार नेप्सेमा कम्पनीको ७५ लाख कित्ता शेयर सूचीकृत भएको थियो। हिजो सोमबार कम्पनीको शेयर कारोबार हुन सकेको थिएन । प्रि ओपन सेसनमा मूल्य म्याचिङ नहुँदा कारोबार हुन सकेको थिएन ।

गत फागुनमा कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको शेयर कारोबार संकेत रहेको छ ।

यस कम्पनी नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हो । जसको चितवन जिल्ला भरतपुर महानगरपालिकामा रजिष्टर्ड कार्यालय रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit