images images images
images images images
images
images
images

नेप्सेमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत

images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ। आज (बुधबार) कम्पनीको ७५ लाख कित्ता शेयर एक सय रुपैयाँ कायम गरी सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसंगै बिहीबारदेखि कम्पनीको शेयर कारोबार सुरु हुने छ। कम्पनीको शेयर क्रेस्ट सिम्बलबाट कारोबार हुने छ। सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता (३०%) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता (७०% ) शेयर समेत गरी जम्मा ७५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

images
images

कम्पनीले निष्काशन गरेको आईपीओ गत चैत्र २५ गते बाँडफाँड भएको थियो। सर्वसाधारणतर्फ कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका थिए। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

images
images

प्रतिक्रिया दिनुहोस्