Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापामा चट्याङ लागेर एक जनाको मृत्यु
विज्ञापन
Advertisement

काठमाडौं । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनको शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit