काठमाडौं । नेपालको पूरा भिट्रिफाइड टायल ब्रान्ड लमिनार टायल्सले आफ्नो नयाँ प्रडक्ट ‘मोनोलिथ डिजिटल फुल–बडी’ सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार मोनोलिथ डिजिटल डिजाइन र फुल–बडी प्रविधिको संयोजनमा आधारित छ। कम्पनीका प्रबन्ध निर्देशक अशुतोष खेतानले मोनोलिथमार्फत प्राकृतिक ढुंगाको सुन्दरतालाई सरल र आधुनिक टायलमा प्रस्तुत गराएको बताए। जसले प्रतिकूल वातावरण र दीर्घकालीन प्रयोगमा पनि आफ्नो गुणस्तर कायम राख्ने उनको भनाइ छ ।
मोनोलिथलाई आधुनिक घर तथा सार्वजनिक स्थानमा प्रयोग गर्नका लागि तयार गरिएको हो। कम्पनीले यसलाई सन्तुलित र टिकाउ टायलका रुपमा प्रस्तुत गरेको छ । यो टायलमा चूनढुङ्गा, बालुवा, खरानी, स्लेट र ज्वालामुखीय काँच (ओब्सिडियन) जस्ता प्राकृतिक तत्व मिसाइएको कम्पनीले जनाएको छ । सामान्यतया ग्लेज्ड टायलमा लामो समय प्रयोग गर्दा सतह घिसिँदै भित्रको फरक रङ देखिन थाल्ने समस्या देखिन्छ तर मोनोलिथ डिजिटल फुल–बडीमा उक्त समस्या नरहने कम्पनीको भनाइ छ। साथै डिजाइनमा पनि विविधता भएको कम्पनीले जनाएको छ ।
यो टायल म्याट कार्भिङ, ग्रानुलर म्याट र ग्रिट टेक्स्चुरा ब्राण्डमा उपलब्ध छन् भने नघिस्रिने, नकोरिने र नचिप्लिने जस्ता प्राविधिक मापदण्ड पनि पूरा गरिएको छ । जसका कारण टायललाई पानी पर्ने वा भिज्ने स्थान, बाहिरी क्षेत्र तथा उच्च आवतजावत हुने ठाउँका लागि उपयुक्त मानिएको छ । कम्पनीका अनुसार विमानस्थल, सपिङ सेन्टर, होटल, अस्पताल र कार्यालयजस्ता सार्वजनिक स्थानका साथै घरभित्रका बैठककोठा, शौचालय, भान्सा, कौशी, पौडीपोखरीलगायतमा पनि प्रयोग गर्न सकिन्छ ।
मोनोलिथ सग्रह लमिनारले हालै एनएस ६१७ः२०८२ प्रमाणिकरण प्राप्त गरेपछि प्रडक्ट सार्वजनिक गरिएको हो । उक्त प्रमाणिकरणअनुसार लामिनारका टायल पूर्ण भिट्रिफाइड तथा राष्ट्रिय मापदण्डको उच्चतम श्रेणीमा वर्गीकृत छन् । नेपालको पहिलो स्वदेशी फुल–बडी टायल संग्रह ‘सेन्टो’ पछि मोनोलिथमार्फत लमिनारले डिजिटल फुल–बडी प्रविधिमा अर्को कदम अगाडि बढाएको कम्पनीले जनाएको छ । यसअघि यस किसिमका नेपालमा उत्पादन नभएकाले आयात गर्नुपर्ने अवस्था थियो ।कम्पनीका अनुसार एक्स्पोमा लामिनारले मोनोलिथलगायत अन्य प्रडक्ट पनि प्रदर्शन गरिरहेको छ ।

















प्रतिक्रिया दिनुहोस्