काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड गरेको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको थियो।
एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा शेयर बिक्री गरिएको थियो। उक्त आईपीओका लागि लगानीकर्ताले २०८२ माघ ४ गतेदेखि माघ ८ गतेसम्म ‘मेरो सेयर’ एप्लिकेसनमार्फत सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिएका थिए ।
निष्काशन अवधिमा कुल ८१ हजार ७९७ आवेदकबाट १२ लाख ९३ हजार ४० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएको र सो मध्ये ६ हजार ६८९ आवेदकबाट प्राप्त १ लाख ४७ हजार २८० कित्ता शेयरका आवेदन रद्द भएको कम्पनीले जनाएको छ । सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूले विविध कारण देखाउँदै रद्द भएको शेयर पछि बाँकी ७५ हजार १०८ आवेदकबाट ११ लाख ४५ हजार ७६० कित्ता शेयरका लागि अन्तिम आवेदनलाई कम्पनीले स्वीकृत गरि बाँडफाँड गरेको छ।
जना आवेदकले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदनमार्फत १९० कित्ता शेयर माग गरेको पाइएपछि ती आवेदनहरू रद्द गरिएको पनि कम्पनीले जनाएको छ । बाँकी ७५ हजार ०९० जना आवेदकमध्ये गोलाप्रथामार्फत ४० हजार आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले कूल ४ लाख कित्ता शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले एनआईसी एशिया क्यापिटलले जनाएको छ।
आवेदकले आईपीओको बाँडफाँड नतिजा सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित वेबसाइट तथा एनआईसी एशिया क्यापिटल लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्ने जनाइएको छ ।

















प्रतिक्रिया दिनुहोस्