काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा गार्डन होटल प्रा.लि.बीच ग्राहकवर्ग लक्षित व्यवसायिक साझेदारीको लागि सम्झौता भएकोे छ ।
मंगलबार भएको सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड प्रयोग तथा विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा.लि.मा आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा गोरखा गार्डन होटल प्रा.लि.का तर्फबाट अध्यक्ष सुरेन्द्र कुँवर र प्रभु बैंक लिमिटेडको तर्फबाट, बैंकका प्रदेश प्रमुख अधिकृत राजु रानाले हस्ताक्षर गरे ।
प्रभु बैंक र गोरखा गार्डन होटलबीच भएको उक्त साझेदारीले गोरखाको पर्यटन प्रर्बद्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरुसमेत लाभान्वित हुने अपेक्षा दुई संस्थाको छ ।

















प्रतिक्रिया दिनुहोस्