Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘फिसिङ लिंक’ पठाएर इ सेवाको रकम चोरी

‘फिसिङ लिंक’ पठाएर इ सेवाको रकम चोरी
विज्ञापन
Advertisement

काठमाडाैं । ‘फिसिङ लिंक’ पठाएर इ सेवाको रकम चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका(१ घर भएका २२ वर्षीय राहुल बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो। उनी काठमाडौंको कालीमाटीबाट मंगलबार पक्राउ परेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

उनले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत् फिसिङ लिंक पठाई खाता सस्पेन्डु हुन लागेको भनी चेतावनी दिएका थिए। उनले भेरिफाइको लागि लिंक खोल्न लगाई इ-सेवामा अनधिकृत पहुँच पुर्‍याई ४ हजारभन्दा बढी व्यक्तिहरूको इ-सेवामा रहेको रकम पशुपति ग्लोबल इनोभेसन प्रा।लि।को खाताहरूमा ट्रान्सफर गरेको देखिएको प्रहरीले जनाएको छ।

यसरी उनले १ करोड २ लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गरेको पाइएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit