Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भदौ २४ को विध्वंसबारे ओली: राज्य संयन्त्रकै प्रयोगबाट सजिलै रोक्न सकिन्थ्यो तर हामीले सकेनौं, जनताकै प्रयासबाट रोकिनुपर्थ्र्यो

भदौ २४ को  विध्वंसबारे ओली: राज्य संयन्त्रकै प्रयोगबाट सजिलै रोक्न सकिन्थ्यो तर हामीले सकेनौं, जनताकै प्रयासबाट रोकिनुपर्थ्र्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विध्वंसात्मक घटना हुन्छ भन्ने तत्कालिन सरकारलाई पहिले नै थाहा भएपनि त्यसलाई रोक्न नसकेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेकपा एमालेको ललितपुरमा बुधबारदेखि सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भदौ २३ र २४ को घटनाबारे जानकारी भएको बताएका हुन् । उनले पहिले पनि पटकपटक त्यस्ता घटना गराउने प्रयास भएको चर्चा भने, ‘यत्रो घटना हुँदा पनि कसरी थाहा भएन भन्नुहुन्छ साथीहरु,’ ओलीले थपे, ‘पहिलेदेखि नै प्रयास भएकै छन् त, चैत १५ गते यस्तै घटना गराउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर जान खोजिएको थिएन?’

ओलीले अगाडी भने, ‘सिंहदरबार जलाउँछौं भनका थिएनन्, जान खोजेका होइनन् ? उनीहरूको प्रयास निरन्तर भइरहेको थियो। सधैं रोक्ने गरिएको थियो। यसपटक रोक्न सकिएन। थाहा नभएको होइन। उनिहरुको प्रयास सधैं थियो रोकिने गरेका थियौं तर, यसपटक (भदौ २४) विभिन्न कारणले रोक्न सकिएन ।

जेनजीले गरेको प्रर्दनको भोलिपल्ट २४ भदौमा प्रर्दशन उग्र भएपछि ओलीले दिउँसो प्रधानमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका थिए। तत्कालिन समयमा दुई तिहाइको बलियो सरकारको नेतृत्व गरेका उनले भदौ २४ को घटना रोक्न आफ्नो पार्टी तयारी अवस्थामा नरहेको चर्चा गरे।

जेन–जीको शान्तिपूर्ण आन्दोलनमा गत भदौ २३ गते ओली नेतृत्वको सरकारले प्रर्दशनकारीमाथि दमन गरेको थियो । अनाहकमा विद्यार्थीमाथि प्रहरीले टाउकोमा ताकेरै गोली हानेको थियो । उक्त घटनापछि आक्रोश बनेको भीडले दोस्रो दिन ठूलो विध्वंस निम्त्याउँदै दुई तिहाईको सत्ता परिवर्तन गर्यो ।

तर, बुधबार निवर्तमान प्रधानमन्त्री ओलीले नागरिकले सरकारलाई साथ नदिएकै कारण उक्त विध्वंसलाई रोक्न नसकेको अर्थ लाग्ने गरि अभिव्यक्ति दिएका छन् । उनले नागरिकले दलहरुको अगुवाइमा लोकतन्त्र लडेर ल्याएकाले त्यसको रक्षा गर्ने जिम्मा पनि नागरिकै हुने बताए । उनले भने, २४गतेको विध्वंसलाई स्मरण गर्दै उनले भने, ‘खासगरी त्यो दिन ठूलो कुरै थिएन, राज्य संयन्त्रकै प्रयोगबाट त्यो सजिलै रोक्न सकिन्थ्यो, तर सकिएन,’ओलीले थपे, ‘त्यसभन्दा परतिर जनताकै प्रयासबाट रोक्नुपर्थ्र्यो, लोकतन्त्रको रक्षा जनताबाहेक अरुबाट हुँदैन भनेर मैले २२ गतेको बैठकमै कमरेडहरुलाई भनेको थिए ।’

यस्तै ओलीले जेनजी आन्दोलनपछि बनाइएको सरकार बास्तविक जेनजीसँग नजोडिने भन्दै उनले प्रतिगामीहरूले षड्यन्त्र गरेर आन्दोलनकै पहिलो दिन दिउँसोबाटै आन्दोलन हाइज्याक गरेको टिप्पणी गरे । ओलीले भने, ‘आन्दोलन हाइज्याक गरियो भनेर उनीहरूको भनाइ आइरहेको छ,भएको पनि यही हो।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit