Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालको पुँजी बजार सुदृढ गर्न धितोपत्र बोर्ड, नेप्से र सिडिएस प्रमुखबीच छलफल

नेपालको पुँजी बजार सुदृढ गर्न धितोपत्र बोर्ड, नेप्से र सिडिएस प्रमुखबीच छलफल
विज्ञापन
Advertisement

ललितपुर । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई, तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रबन्ध सञ्चालक प्रविन पाण्डेबीच पुँजी बजारलाई थप परिष्कृत र सुदृढ बनाउने उद्देश्यले बुधबार विशेष छलफल सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डको कार्यालय खुमलटारमा आयोजित यस छलफलमा पुँजी बजारसँग सम्बन्धित संरचना, प्रणाली तथा आगामी सुधारका सम्भावनाहरूमा विस्तृत कुराकानी गरिएको थियो। छलफलमा सहभागी प्रमुखहरूले बजारको पारदर्शिता, लगानीकर्ताको हित संरक्षण तथा प्रविधिको उपयोगमार्फत प्रणालीलाई अझ आधुनिक र विश्वासिलो बनाउने विषयमा सहकार्य गर्दै जानुपर्नेमा जोड दिएका थिए।

उक्त बैठकमा धितोपत्र बोर्डका नियमन विभाग प्रमुख श्री मुक्तिनाथ श्रेष्ठ तथा सुपरीवेक्षण विभाग प्रमुख रूपेश के.सी. समेत सहभागी थिए। बैठकले यस्ता समन्वयात्मक छलफलहरूलाई नियमित रूपमा सञ्चालन गर्दै पुँजी बजारको विकासमा साझा दृष्टिकोणबाट अघि बढ्ने सहमति पनि गरेको छ।

पुँजी बजारको दीर्घकालीन सुधारका लागि सम्बद्ध निकायबीचको यस्तो सहकार्य र संवाद सकारात्मक संकेतका रूपमा लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit