Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकारको नीति कार्यक्रम तथा बजेटको तयारी

सरकारको नीति कार्यक्रम तथा बजेटको तयारी
विज्ञापन
Advertisement

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति कार्यक्रम र बजेट तर्जुमाका विषयमा आज छलफल सुरू गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

छलफलका क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने र कार्यान्वयन योग्य नीतिगत सुधार र प्राथमिकता क्षेत्र पहिचान गरी सोको प्रतिवेदन आगामी १५ दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न मातहतका मन्त्रालयलाई निर्देशन दिए ।

मुख्यमन्त्रीले नागरिक जीवनसँग सम्बन्धित प्रभावकारी एवं नवीनतम नीति कार्यक्रम र आवश्यकताअनुसार योजनाको छनोटमा ध्यान दिनुपर्ने बताए ।

दीर्घकालीन कार्यक्रमहरू र कार्यान्वयनको अवस्था, आयोजना बैंक कार्यान्वयनको प्रारम्भ एवं आगामी वर्ष संस्थागत विकास गरिने विषय, चालु खर्च कटौती गर्ने, पुँजीगत खर्च बढाउने, विकासमा सुशासन, नागरिक सहभागिता एवं उपभोक्त समितिको कामको प्रभावकारितालगायत विषयमा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा छलफलमा प्रदेश सरकारका मन्त्री, सचिवलगायतको सहभागिता थियो ।

तत्कालीन सरकारले गत असार १ गते चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रदेशसभामा पेस गरेपनि बजेटमाथि छलफल गरेर पारित नहुँदै सत्तासमीकरण फेरिएपछि मुख्यमन्त्रीमा नियुक्त भएका शाह नेतृत्वको सरकारले ढिलोगरी भदौ महिनामा चालु वर्षका लागि अर्को बजेट ल्याएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit