Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपाल र भियतनामबीच आर्थिक सहकार्यका लागि महासंघ र भियतनामको लगानी प्रवद्र्धन विभागबीच छलफल

नेपाल र भियतनामबीच आर्थिक सहकार्यका लागि महासंघ र भियतनामको लगानी प्रवद्र्धन विभागबीच छलफल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवद्र्धन र अन्तरराष्ट्रिय सहकार्य विभागबीच द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले भियतनामको लगानी प्रवद्र्धन र अन्तरराष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामसंग भियतनामको हनोईनमा शुक्रवार भेटवार्ता गर्दै नेपालमा लगानीमैत्री वातावरण रहेको र लगानीका सम्भाव्य क्षेत्रमा भियतनामका लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो ।

सो अवसरमा अध्यक्ष ढकालले आफूहरु भियतनामी लगानीकर्तालार्ई लगानीका लागि नीतिगत सहजिकरण गर्न तयार रहेको बताए । ‘नेपालमा लगानीका कैयौँ क्षेत्र छन्, ती क्षेत्रमा ठूलो सम्भावना पनि छ, म भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दछु, यसका लागि महासंघले सरकारसँगको समन्वय तथा सहकार्यका लागि आवश्यक सहजीकरण गर्नेछ ।’अध्यक्ष ढकालले भने।

उनले नेपालमा विशेष गरी पर्यटन अन्तर्गत होटल, रिर्सोट केवलकार, आरोग्य (वेलनेश) पर्यटन, जलविद्युत् , सूचना प्रविधि तथा चिया, कफी र हस्तकलाको व्यापारमा ठूलो सम्भावना रहेको उल्लेख गरे।

नेपालले हाल भियतनामबाट धेरै आयात गर्ने र कम निर्यात गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले दुई देशबीचको व्यापार तथा औद्योगिक सहकार्यलाई अझ बलियो बनाउन दुवै पक्षको गहिरो चासो रहेको पनि बताए ।

भियतनामको लगानी प्रवद्र्धन र अन्तरराष्ट्रिय सहकार्य विभागका प्रमुख होआङ थान्ह तामले भियतनामको आर्थिक अवस्था, प्रत्यक्ष विदेशी लगानी र लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी दिँदै आफूहरु नेपालसँग आर्थिक कूटनीतिमार्फत सम्बन्ध बढाउन इच्छुक रहेको बताए। ‘नेपालले विभिन्न क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउनका लागि गरिरहेको प्रयास सराहनीय छ, हामीले निर्यातजन्य उद्योग, पर्यटन र जलविद्युत्को क्षेत्रमा काम गर्न सक्छौँ’, उनले भने , ‘यसका लागि नेपालमा लगानी गर्न चाहने भियतनामी लगानीकर्ताको सहजीकरणका लागि हामी तयार छौँ ।’

साथै उनले सन् २०२५ को अगष्टमा भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण भएको तथा चीनमा भियतनामका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भेट भएको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध अझ बलियो बनाउनुपर्नेमा उनको जोड थियो ।

सोही अवसरमा अध्यक्ष ढकालले महासंघको आगामी चैतमा हुने अधिवेशनमा सहभागिताका लागि विभागका प्रतिनिधि तथा भियतनाका लगानीकर्तालाई निम्तो पनि दिएका थिए ।

भेटवार्ताको अवसरमा महासंघका उपाध्यक्ष हेमराज ढकालले निर्यातजन्य उद्योगमा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको जानकारी गराउँदै लगानी र व्यापारका क्षेत्रमा भएको ठूलो सम्भावनालाई उपयोग गर्न सके दुवै देशले फाइदा लिनसक्ने बताए ।

महासंघका अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाल र भियतनामले अटोमोबाइल, पर्यटनका क्षेत्रमा सहकार्य गरी लाभ लिन सक्ने तथा पछिल्लो समय नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको उल्लेख गर्दै भियतनामी लगानीकर्ताले नेपालमा विद्युतीय सवारीको एसेम्बल उद्योगको सम्भावना रहकोले त्यसमा लगानी गर्न आग्रह गरे ।

महासंघका कोषाध्यक्ष भरतराज आचार्यले दुई देशबीच लगानी र व्यापारका साथै आर्थिक गतिविधि बढाउनका लागि कनेक्टिभिटीमहत्वपूर्ण भएको उल्लेख गर्दै नेपालमा ऊर्जा क्षेत्रमा लगानीको ठूलो सम्भावना भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाएर भियतनामी लगानीकर्ताले लाभ लिन आग्रह गरे ।

महासंघ अन्तर्गतको स्टार्टअप एण्ड इनोभेसन फोरभका सभापति जुना माथेमाले नवप्रवर्तनको क्षेत्रमा सीप, पुँजी र प्रविधिका क्षेत्रमा देशबीच सहकार्य गर्न सकिने धारणा राखे ।

यस अघि महासंघको टोलीले बिहीबार भियतनाम चेम्बर अफ कर्मश एण्ड इन्डिस्ट्रिजका उपकार्यकारी अध्यक्ष न्यूगेन क्याङ भिनसंग भेटगरि नेपाल र भियतनामबीच लगानीको सम्भावना तथा अवसरका बारेमा छलफल गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit