काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले संस्थापक र सर्वसाधारणको सेयर ७०ः३० अनुपात कायम गर्ने गरी प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट एफपीओ निष्कासन गर्ने अनुमति पाएपछि बैंकको पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट यो प्रस्ताव अनुमोदन गरेको थियो ।
क्यापिटल एडुकेसी फ्रेमवर्कअनुसार वाणिज्य बैंकहरुले ६ प्रतिशत प्राथमिक पुँजीमा २.५ प्रतिशत क्यापिटल कन्भर्सेसन बफरसहित ८.५ प्रतिशत न्यूनतम प्राथमिक पुँजीकोष कायम गर्नुपर्छ । यस्तै, पुरक पुँजीबाट २.५ प्रतिशत सहित कुल ११ प्रतिशत पुँजीकोष आवश्यकता पर्छ ।
चैत मसान्तसम्म बैंकको प्राथमिक र कुल पुँजीकोष ८ प्रतिशत मात्रै छ । बैंकको कुल पुँजीकोष अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ । चैत मसान्तसम्म बैंकको यस्तो अनुपात १०.८४ प्रतिशत रहेको छ । यस्तोमा, बैंकले प्रिमियम मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्