Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

 बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने

 बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्ने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, उद्योग विभाग, प्रतिलिपि अधिकार राजिष्ट्रारको कार्यालयले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले बौद्धिक सम्पत्ति (आइपी)बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिएको धारणा राखे ।

अध्यक्ष ढकालले कतिपय अवस्थामा ट्रेडमार्ककका विषयमा विवादहरु आउने गरेकाले यसको समाधानमा हुनुपर्नेमा जोड दिए । यस्तै उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल रहज र छिटो गर्नुपर्ने बताए ।

“नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरेको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई सुरक्षित राख्न सहयोग पुगेको छ, यसप्रकारका कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास छ”,उनले भने ।

उनले गीतसङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (वाइपो) ले पहिलो विश्व आइपी दिवस २००१ मा मनाएको थियो । सङ्गठनले हरेक वर्ष फरक–फरक नारा तय गरी यो दिवस मनाउँदै आइरहेको छ । सङ्गठनले यस वर्ष ‘आइपी एण्ड म्युजिक फिल द बिट अफ आइपी’ नारा तय गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit