Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘जलवायु परिवर्तनबाट बालबालिका र युवा बढी प्रभावित’

‘जलवायु परिवर्तनबाट बालबालिका र युवा बढी प्रभावित’
विज्ञापन
Advertisement

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट बालबालिका र युवाहरु प्रभावित भएको बताए ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घ नेपालको संयुक्त आयोजनामा भएको ‘वायु संवादः नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’ कार्यक्रममा उनले भने, ‘जलवायु परिवर्तनका कारण बालबालिका तथा युवाहरुको स्वच्छ जीवन, स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वतावरणमा बाँच्न पाउने अधिकार हनन भएको छ ।’ उनले जलवायू परिवर्तनले पारेको असरबारे सरकारले पैरवी र बहस तथा न्यूनीकरणमा निरन्तर प्रयासरत रहेको बताए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवामा लगानी गर्नुपर्ने बताए । उनले भने ‘बालबालिका र युवा नै हाम्रा सम्पत्ति हुन् । ती सम्पत्तिलाई उग्रने र उम्रिने मौका सिर्जना गर्नुपर्ने आवश्यकता छ । बालबालिका तथा युवामा लगानी गरौँ । जलवायू परिवर्तन बारे बुझौँ आत्मसाथ गरौँ । सङ्कट न्यूनीकरणमा सबैले काम गरौँ ।’

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका कार्यवाहक आवसीय संयोजक एलिस् अकुङ्गाले सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कन पाउने अधिकार राख्नुपर्ने धारणा राखे । उनले ‘जलवायु परिवर्तनले यस अधिकारलाई दैनिक रूपमा जोखिममा पारिरहेको छ ।’

युनिसेफका दक्षिण एसिया क्षेत्रीय जलवायू सल्लाहकार रक्षा राजेश्वरी थापाले नेपाल जलवायु परिवर्तनको असरबाट बालबालिका तथा युवाहरु बढी प्रभावित भएको बताए । अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदुषित हावापानीले स्वास्थ्यमा जोखिम पारिरहेको उल्लेख गरे । शिखर सम्मेलन सगरमाथा संवादको एक भागका रूपमा बालबालिका र युवाहरूमा समर्पित रहेको जनाइएको छ । यो नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ नेपाल र देशका युवा सञ्जालहरूले संयुक्त रूपमा आयोजना गर्ने युवा–नेतृत्वको कार्यक्रम हो ।

कार्यक्रममा देशभरिका १०० भन्दा बढी बालबालिका तथा युवाहरु सहभागी छन् । यो राष्ट्रिय संवाद नेपाल सरकारको आयोजनामा हुन गइरहेको अन्तरराष्ट्रिय सगरमाथा संवादको अगाडि बालबालिका तथा युवाको नेतृत्वमा जलवायु परिवर्तन प्रतिकार्यका विषयमा केन्द्रित कार्यक्रम थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit