Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार

आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
विज्ञापन
Advertisement

धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सरकारको आगामी आवको राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्ने मधेश प्रदेशसभाको आजको सम्भावित कार्यसूची रहेको छ । प्रदेश सरकारले चालु आवका लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । आगामी आवको लागि ४० अर्ब आसपासमा बजेट ल्याउने तयारी प्रदेश सरकारले गरेको बताइएको छ।

मधेस प्रदेश सरकारले आव २०८२/८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणमा प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुगेको उल्लेख छ । सर्वेक्षणअनुसार राष्ट्रिय प्रसारण लाइनमार्फत मधेस प्रदेशका १३६ स्थानीय तहअन्तर्गत एक हजार २७१ वडाका सबै घरधुरीमा विद्युत् पहुँच पुगेको छ।

त्यस्तै, प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार भएको जनाइएको छ । प्रदेशभर रहेका एक हजार ७५४ बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit