Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

झडपमा ४२ जना घाइते, शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण

झडपमा ४२ जना घाइते, शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा दिउँसो भएको झडपमा शिक्षक, प्रहरी र पत्रकार गरी ४२ जना घाइते भएका छन्। बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोजेपछि प्रहरीले पानीको फोहरा हानेको थियो। शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा आज झडप भएको हो।

विज्ञापन
Advertisement
Advertisement

आइतबार सांसदहरुले शिक्षकका मागप्रति सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराइरहँदा संसद भवन नजिकै बानेश्वरमै भएको झडपमा ४२ जना घाइते भएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले विद्यालय शिक्षा विधेयकसम्बन्धीको काम चाँडोभन्दा चाँडो सम्पन्न गरेर आन्दोलनरत शिक्षकहरुलाई कक्षाकोठामा फकाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

विगत २६ दिनदेखि आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नुपर्नेमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।
सांसद गङ्गाकुमारी बेल्बासेले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गरी विद्यालय शिक्षासम्बन्धी विधेयक शीघ्र सभामा प्रस्तुत हुनुपर्ने बताइन ।

यस्तै, सांसद गोपीबहादुर अछामीले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै लघुवित्त पीडित, सहकारीपीडितको आजय माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद मायाप्रसाद शर्माले गत चैत २० गतेदेखि क्षिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग गर्दै सडक आन्दोलन गरिरहेकाले उनीहरुलाई विद्यालय फर्काउने वातावरण बनाउन माग गरिन ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit