Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
विज्ञापन
Advertisement

ढोरपाटन । बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ ।

गण्डकी प्रदेश सरकारको रु ६० लाख र गाउँपालिकाको रु १२ लाखमा सडक स्तरोन्नति गरिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले जानकारी दिए ।

बागलुङ जिल्लाकै सबैभन्दा विकट मानिने निसेलढोर छ वर्ष अगाडिमात्रै मोटरबाटोले जोडिएको थियो । यस वर्ष सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङको काम गरिएको उनले बताए ।

आर्थिक वर्ष २०७६÷७७ मा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो । ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दामाथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने अवस्था थिएन ।

एमएस टीएएस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सले गत कात्तिक १२ गते जिम्मा पाएकामा वैशाख अन्तिम साता काम सकेको बाँठा मगरले बताए ।

उनले बताए, ‘सडक स्तरोन्नतिको काम जेठ अन्तिम साता सक्नुपर्ने म्याद थियो, तर निर्माण कम्पनीले वैशाखमै काम सक्यो, यहाँको सडक धेरै साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न कठिन थियो, अहिले सहज भएको छ, अब यो सडकमा बाह्रै महिना गाडी सञ्चालन हुन समस्या छैन ।’

सडक साँघुरो र अप्ठ्यारो हुँदा निसेलढोरमा बर्खाको करिब पाँच महिना सडक ठप्प हुँदै आएको थियो । सडक स्तरोन्नति भएपछि स्थानीय खुसी भएका छन् । स्थानीय सम्झाना रसाइलीले बर्खामा यातायता सञ्चालन नहुने हुँदा जेठमै पाँच महिनाका लागि खाद्यान्न ढुवानी गर्दै आएको भन्दै अब त्यो समस्या हट्ने आशा पलाएको बताए। अहिले गाउँसम्मकै सडक फराकिलो र व्यवस्थित बनेको उनको भनाइ छ ।

‘गाउँमा आउने सडक निकै अप्ठ्यारो हुँदा यहाँका जनताले धेरै दुःख पाएका थियौँ, अब त बर्खामा पनि गाडी चल्ने भयो’, उनले भने , ‘सडक खुलेदेखि अहिलेसम्म बर्खायाममा गाडी चल्न सकेको थिएन, यसपालि त सरकारले बाटो राम्रो बनाउनुभयो, गाडी आउला भन्ने लागेको छ ।’

एक दशक अगाडिसम्म यहाँ बर्खाको समयमा मात्रै निसीबाट वस्तुभाउ लिएर बस्ने स्थानीय अहिले बाह्रै महिना निसेलढोरमा बस्न थालेका छन् । अहिले बर्खामा ३०० र हिउँदमा झन्डै १५० घरपरिवार निसेलढोरमा बसोबास गर्छन् ।

निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या थियो । अब सहज हुने स्थानीय कुमबहादुर घर्तीले बताए।

सडकको दुरावस्थाका कारण अहिलेसम्म स्थानीय उत्पादन बजारीकरण गर्न सकिएको छैन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit