Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजेट अवधि ४५ दिन बाँकी छँदा पूँजीगत खर्च ३० प्रतिशत मात्र, राजस्व र खर्चमा २ खर्बको खाडल

बजेट अवधि ४५ दिन बाँकी छँदा पूँजीगत खर्च ३० प्रतिशत मात्र, राजस्व र खर्चमा २ खर्बको खाडल
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको अवधि ४५ दिन मात्र बाँकी छँदा सरकारले कुल बजेटको ६३.७६ प्रतिशत (१२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ) मात्र खर्च गर्न सकेको छ ।

विज्ञापन
Advertisement
Advertisement

१९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमध्ये चालुतर्फ ७२.८५ प्रतिशत (८ खर्ब ६० अर्ब ३१ करोड) खर्च हुँदा विकास लक्षित पूँजीगत खर्च भने निराशाजनक देखिएको छ। ४ खर्ब ७ अर्बको पूँजीगत बजेटमध्ये हालसम्म ३०.१८ प्रतिशत (१ खर्ब २३ अर्ब) मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ ७१.६४ प्रतिशत (२ खर्ब ६८ अर्ब ८४ करोड) खर्च भएको छ ।

यता राजस्व संकलनतर्फ सरकारले वार्षिक लक्ष्यको ६९.३३ प्रतिशत अर्थात् १० खर्ब २६ अर्ब रुपैयाँ मात्र उठाउन सकेको छ। यस वर्ष १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखिएको थियो । बजेट खर्च र राजस्व संकलनको यो सुस्तताले कुल राजस्व र खर्चका बीचमा झण्डै २ खर्ब रुपैयाँको खाडल (बजेट घाटा) सृजना गरेको छ।

हरेक वर्ष लक्ष्य अनुसार राजस्व नउठ्ने र विनियोजन अनुसार विकास खर्च नहुने प्रवृत्ति दोहोरिइरहेकै बेला सरकारले आजै आगामी आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दैछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit