Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नयाँबानेश्वरमा रिपोर्टिङ गर्दा घाइते पत्रकार सविना कार्कीप्रति सञ्चारिका समूहको ध्यानाकर्षण

नयाँबानेश्वरमा रिपोर्टिङ गर्दा घाइते पत्रकार सविना कार्कीप्रति सञ्चारिका समूहको ध्यानाकर्षण
विज्ञापन
Advertisement

काठमाडौं । नयाँबानेश्वरमा जारी शिक्षक आन्दोलनको समाचार संकलनका क्रममा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छन्। उक्त घटनाप्रति सञ्चारिका समूह नेपालले गहिरो दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।

विज्ञापन
Advertisement
Advertisement

शिक्षकहरूको आन्दोलनमा प्रत्यक्ष रिपोर्टिङ गरिरहेकी कार्कीमाथि सुरक्षाकर्मीले प्रहार गरेको पानीको फोहोराले उनको आँखामा चोट लागेको छ । हाल कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।

सञ्चारिका समूह नेपालले पेशागत कर्ममा खटिएकी महिला पत्रकारमाथि भएको आक्रमणलाई निन्दनीय मात्र नभई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र महिला मानव अधिकारको दृष्टिले समेत गम्भीर विषय रहेको स्पष्ट पारेको छ।
‘पत्रकारहरूलाई फिल्डमा निडर र सुरक्षित वातावरणमा काम गर्न पाउने सुनिश्चितता हुनु पर्दछ,’ समूहले विज्ञप्तिमार्फत जनाएको छ।

घटनाप्रति गहिरो खेद व्यक्त गर्दै सञ्चारिका समूहले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घाइतेको उचित उपचार, क्षतिपूर्ति तथा पत्रकारहरूको सुरक्षाको सुनिश्चितताको माग गर्दै सरकारसँग पत्रकारहरूका लागि सुरक्षित कार्य वातावरण सिर्जना गर्न आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit