Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

ज्योति विकास बैंकले डिजिटल बैंकिङमा आमालाई सचेत गराउँदै भावुक सन्देश सार्वजनिक

ज्योति विकास बैंकले डिजिटल बैंकिङमा आमालाई सचेत गराउँदै भावुक सन्देश सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडाैं । ज्योति विकास बैंकले आम उपभोक्तालाई डिजिटल बैंकिङप्रति सचेत बनाउन नयाँ प्रयास गरेको छ । बैंकले आमाको मुख हेर्ने दिन (मातातिर्थ औँसी) को अवसर पारेर डिजिटल बैंकिङका महत्वबारे सन्देश दिन विशेष भिडियो सन्देश सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भिडियोमा एक आमाको कथा चित्रण गरिएको छ, जसमा आमा सामाजिक सञ्जाल प्रयोगमा सिपालु हुँदै गएकी देखिन्छिन् । छोरीको फोटोमा कमेन्ट गर्ने, टिकटक भिडियो बनाउने र फेसबुकमा सक्रिय रहनेजस्ता कार्यहरूमा रमाइरहेकी आमा, जब डिजिटल बैंकिङको कुरा आउँछ, त्यतिबेला भने डराउने र परम्परागत शैलीमा नै बैंक जान रुचाउने देखाइएको छ ।

यही सन्दर्भमा छोरीले आमालाई डिजिटल बैंकिङप्रति आत्मविश्वास दिलाउन आग्रह गर्दै भावुक सन्देश दिन्छिन्। उनले भनेकी छिन्, ‘हाम्रो जीवनका प्रत्येक क्षणमा आमाले हामीलाई सक्षम बनाएकी छन्। अब हाम्रो पालो हो—आमालाई डिजिटल दुनियाँमा अगाडि बढ्न सिकाउने, डिजिटल ठगी र स्क्यामबाट जोगिन सघाउने।

ज्योति विकास बैंकले यो भिडियोमार्फत डिजिटल वित्तीय सेवाप्रति आम नागरिकमा विश्वास र सहजता विकास गर्ने उद्देश्य राखेको जनाएको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit