Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भन्सार विधेयक पारित

भन्सार विधेयक पारित
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले पारित गरेको हो ।

अघिल्लो सरकारले ल्याएको यो विधेयकलाई तत्कालीन अर्थमन्त्री डा प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

१८ चैत २०८० मा दफावार छलफलका लागि अर्थ समितिमा पुगेको विधेयकलाई समितिले पारित गरी १४ वैशाख २०८१ मा प्रतिनिधि सभामा लगेको हो ।

मंगलबार सभाले पारित गरेको भन्सार विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभाबाट सभामुख मार्फत राष्ट्रपतिकहाँ पुग्छ ।
त्यसलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।

यस्तै, आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’ लाई पनि पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा प्रस्तुत गरेको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । यो विधेयकले ७९ वटा ऐन एकैपटक संशोधन गर्नुका साथै दुई वटा ऐनलाई खारेज गर्नेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit