Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगले मान्यता दिएपछि साम्पाङले भने– आजसम्म यो देशमा नभएको काम गर्ने हो

‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगले मान्यता दिएपछि साम्पाङले भने– आजसम्म यो देशमा नभएको काम गर्ने हो
विज्ञापन
Advertisement

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । आयोगले आइतबार पार्टीलाई मान्यता दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए ।उनले भने, ‘हाम्रो एजेण्डा काम गर्ने हो । जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो । उत्पादन, निर्माण र सामाजिक रुपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं ।’

साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने संगठन हुनेछ । ‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit