काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक २६३१ अंकमा झरेको छ ।
आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो । आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५२ लाख छ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएको थियो ।
आज सबै सेक्टरका सूचक ओरालो लागेका छन् । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशतले घट्दा बैंकिङतर्फ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रोफाइनान्स ०.७८, व्यापार ०.५१ र अन्य ०.७५ प्रतिशत घटेको हो ।
यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर लिमिटेडको ८२ करोड ४३ लाख ७३ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १६ लाख ९८ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्