Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नयाँ गन्तव्य प्रचारमा युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

नयाँ गन्तव्य प्रचारमा युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ पर्यटकीय गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तासँग सहकार्य गर्न थालेको छ। मंगलबार काठमाडौँमा आयोजित ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रममा बोर्डले कन्टेन्ट क्रियटर र पर्यटन व्यवसायीलाई एउटै मंचमा ल्याएर सातै प्रदेशका प्रचारमा नआएका गन्तव्यको भिडियो प्रस्तुती गर्‍यो।

विज्ञापन
Advertisement
Advertisement

बोर्डका सीईओ दीपकराज जोशीले नयाँ पुस्ताको प्रविधिमैत्री क्षमतालाई प्रयोग गर्दै पर्यटन प्रचारको शैलीमा परिवर्तन आवश्यक रहेको बताए। उनले युवा कन्टेन्ट क्रियटरद्वारा खोजिएका गन्तव्य र स्थानीय पर्यटन उपजलाई जोड्ने प्रयास भइरहेको उल्लेख गरे।

कार्यक्रममा सातै प्रदेशका प्रतिनिधि कन्टेन्ट क्रियटरले आ–आफ्ना गन्तव्यबारे प्रस्तुतिहरू दिएका थिए। लेखक कनकमणि दीक्षितले गुणस्तरीय र विविध पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit