Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ बैंकको सहयोगमा श्री जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण सुरु

सिद्धार्थ बैंकको सहयोगमा श्री जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण सुरु
विज्ञापन
Advertisement

रुकुम पश्चिम ।  सिद्धार्थ बैंक लिमिटेडको सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित श्री जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माण कार्यको शिलान्यास गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

२०८० सालको कार्तिक १७ गते आएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको दुई भवनमध्ये एक भवनको पुनर्निर्माण बैंकको सहकार्यमा सुरु भएको हो। बाल कक्षा देखि कक्षा ८ सम्म अध्ययन हुने विद्यालयमा हाल १७५ जना विद्यार्थी अध्ययनरत छन्।

शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं। १ का वडा अध्यक्ष टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघ अध्यक्ष तुताराम खड्का, विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक मुसिकोट शाखाका शाखा प्रमुख ओपेन्द्र विष्ट लगायत विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

सिद्धार्थ बैंकले बालबालिकालाई गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्ने उद्देश्यले देशभर विभिन्न शैक्षिक संस्थासँग सहकार्य गर्दै आएको छ। बैंकले आजका बालबालिका भोलिको समृद्ध राष्ट्र निर्माणका आधार भएको विश्वास गर्दै, प्रारम्भिकदेखि उच्च शिक्षासम्मको विकासमा योगदान पुर्‍याउँदै आएको छ।

बैंकले दिगो विकास लक्ष्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू संचालन गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजनामा रहेको जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit