काठमाडौं । देशकै पहिलो र एकमात्र शतप्रतिशत भिट्रिफाइड लामिनार टायल्स्ले काठमाडांैमा ‘एस्क्लुसिभ फ्ल्यागशिप एक्सपिरियन्स सेन्टर’को सुरुवात गरेको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज एक कार्यक्रममा ‘एस्क्लुसिभ फ्ल्यागशिप एक्सपिरियन्स सेन्टर’को औपचारिक उद्घाटन गरे ।
सेन्टरको उद्घाटन गर्दै मन्त्री सिंहले नेपाली उत्पादनहरूको प्रयोग बढाउन आग्रह गर्दै भने, “होटल, रेष्टुरेन्ट, भवन, अस्पताल वा व्यक्तिगत घर-जुनसुकै प्रकारको भौतिक संरचना निर्माण गर्दा पनि लामिनार भिट्रिफाइड टायल्स् प्रयोग गर्न सबैलाई अनुरोध गर्दछु ।”
नयाँ घर बनाउन वा घरको पुर्ननिर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इञ्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुची र सरोकार राख्ने जोकुकैको लागि उक्त सेन्टर खुल्ला गरिएको कम्पनीले जनाएको छ ।
विशेषगरी सातवटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका डिजाइनलाई प्रदर्शित गर्न चार हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो सेन्टरले निम्न क्षेत्रका लागि समाधान प्रदान गर्दछ :
१ घर तथा व्यावसायिक भवनका भित्री भित्ता तथा भुइँ
२ सपिङ मल, होटेल, शैक्षिक संस्था, विमानस्थलजस्ता उच्च आवतजावतका क्षेत्र
३ छत, बाल्कोनी, पोखरी, बाथरुमजस्ता पानीको सम्पर्कमा आउने वा भिज्ने तथा खुला क्षेत्र
४ क्लाडिङ, फसाड, ड्राइभवे र पार्किङका लागि बाहिरी प्रयोगका क्षेत्र
सेन्टरमा ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने गुणयुक्त पूर्णतया भिट्रिफाइड टायललाई प्रदर्शनीमा राखिएका छन् जसले उच्च मजबुती, दीर्घकालीन टिकाउपन, दागप्रतिरोधी विशेषताका साथ दिगो सौन्दर्यलाई सुनिश्चित गर्नेछन् । “यो सेन्टर परम्परागत सोरुमभन्दा फरक छ जसलाई डिजाइन प्रेरणाको गन्तव्य र नेपालकै नवप्रवर्तनको अभूतपूर्व प्रमाणका रूपमा लिन सकिन्छ,” लामिनार टायल्सका अध्यक्ष धितालले बताए, “हाम्रो एक्सपिरियन्स सेन्टर लामिनारको विश्वस्तरीय गुणस्तर, दिगो स्थानीय उत्पादन र डिजाइन–मुखी सोचप्रति समर्पणको प्रतीक हो ।”
लुम्बिनी सेरामिक्स् लिमिटेडद्धारा उत्पादित लामिनार टायल्स् बर्दियाको गुलरियास्थित १४ विघा क्षेत्रफलमा अवस्थित छ । जसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिटभन्दा बढी रहेको छ ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्