Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बालेनले गरीखान नदिएको भन्दै व्यवसायीले गरे मन्त्री गुप्तासमक्ष ज्यानको सुरक्षा गरिदिन आग्रह

बालेनले गरीखान नदिएको भन्दै  व्यवसायीले गरे मन्त्री गुप्तासमक्ष ज्यानको सुरक्षा गरिदिन आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफूहरूलाई व्यवसाय गरी खाने वातावरण नदिएको भन्दै समाजले आज (सोमबार) मन्त्री गुप्तालाई
ज्ञापनपत्र बुझाएको हो । काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि कवाड व्यवसायीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको भन्दै उनीहरूले आफ्नो पेशागतसहित जिउधनको सुरक्षाका लागि मन्त्री गुहारेका छन् ।

‘काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, सङ्कलक मजदुरहरूमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरू भत्काउने, सङ्कलक र मजदुरका साइकल र सामान जफत गर्ने काम गरिरहेको छ,’ ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष राम केवल गुप्ताले भने, ‘काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र सङ्कलहरूको टाउको फुटेको र अङ्गभङ्ग भएका छन् । खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरबाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेका छन् ।’

कवाड व्यवसायी र सङ्कलकमाथि भइरहेको यो प्रकारको महानगरको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षा गरिदिन उनीहरूले मन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

उनीहरूले बुझाएको ज्ञापनपत्रमा कवाडी व्यवसायीहरूले सरकारको प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको विभिन्न वडाहरूमा कवाड व्यवसाय सञ्चालन गर्दै आएको, वर्षौंदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरूले सरकारलाई तिर्नु पर्ने कर तिर्दै आएको, देशमा सञ्चालित उद्योगहरूलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ति गर्दै आएको उल्लेख छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit