Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

ओली पक्राउपछि एमालेको आह्वान : प्रतिशोधको राजनीति विरुद्ध प्रदर्शनमा उत्रिन्छौं

ओली पक्राउपछि एमालेको आह्वान : प्रतिशोधको राजनीति विरुद्ध प्रदर्शनमा उत्रिन्छौं
विज्ञापन
Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमाले ले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

पार्टीका सचिव महेश बस्नेत ले सामाजिक सञ्जालमा पछिल्लो घटनाक्रमले देशको राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता उत्पन्न भएको बताएका छन्। उनले नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा चिनिने गरेको उल्लेख गर्दै अहिलेको अवस्थाले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको बताए।

बस्नेतले बालेन शाह नेतृत्वको सरकारद्वारा गृहमन्त्रीमा नियुक्त सुधन गुरुङ लाई अनुभवहीन, अराजक र विवादित व्यक्ति भएको आरोप लगाएका छन्। साथै, पूर्व गृहमन्त्री रमेश लेखक सहित शीर्ष नेताहरूको गिरफ्तारीले देशलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनी दिएका छन्।

उनका अनुसार यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको संकेत गर्ने दाबी गरिएको छ। “लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका नेताहरूलाई गिरफ्तार गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको दृश्यले दुःख लागेको छ,” विज्ञप्तिमा उल्लेख छ।

एमालेले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ। कार्यक्रमको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने पार्टीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit