Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सातौ पटक आज ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, बैशाखमा बजारबाट कति झिक्यो तरलता ?

सातौ पटक आज ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, बैशाखमा बजारबाट कति झिक्यो तरलता ?
विज्ञापन
Advertisement

काठमाडौं । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) बढेपछि आज फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकले आइतबार बैशाख महिनामा सातौ पटक बजारमा देखिएको तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो। यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। उक्त उपकरणका लागि बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकलाई निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो सँगै केन्द्रीय बैंकले वैशाखमा मात्र सातौ पटक तरलता खिच्न लागेको हो । यसअघि ३ गते र ७ गते ३०/३० अर्ब र १० गते ३५ अर्ब , १७ गते ५० अर्ब २१ गते ५० अर्ब र २४ गते ३५ अर्ब रुपैयाँ तरलता खिचेको थियो । करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रुपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit