Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

आम्दानीमा गिरावट देखिएको चन्द्रागिरी हिल्सको खुद नाफामा भने वृद्धि

आम्दानीमा गिरावट देखिएको चन्द्रागिरी हिल्सको खुद नाफामा भने वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको खुद नाफा १९ लाख रुपैयाँले वृद्धि भएको ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले १० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आवको सोही अवधिमा कम्पनीले कुल १० करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । दुई आवको समीक्षामा कम्पनीको नाफा १९ लाख रुपैयाँले बढेको छ ।

खुद नाफा बढेपनि कम्पनीको आम्दानी भने घटेको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ६३ करोड ५१ लख रुपैयाँ आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आवको सोही अवधिमा कम्पनीले ६९ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानी गत वर्षको तुलनामा ६ करोड २२ लाख रुपैयाँले घटेको हो ।

यस्तै, चैत मसान्तसम्मको कम्पनीको प्रतिसेयर आम्दानी ७.०९ पैसा रहँदा प्रतिसेयर नेटवर्थ १०२.४९ पैसा पुगेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit