Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित
विज्ञापन
Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार आगामी आर्थिक वर्षका लागि यही बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल सकिएको हो । त्यसपछि प्रतिनिधि सभा बैंठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि प्रस्ताव पेश गरेका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै भने, ‘ हुन्छ भन्ने पक्षका मान्य सदस्यहरुको बुहमत भएकोले सम्माननिय राष्ट्रपतिले बैशाख १९ गते (शुक्रबार) संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्षक २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।

सत्तापक्ष दलका सांसदहरुको बहुमत संसदमा भएकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा प्रतिपक्षका सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै नीति कार्यक्रममा नयाँ योजनाहरु समेटिएको बताएका थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit