Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट शेयरधनिलाई २० प्रतिशत लाभांश बाँड्ने प्रस्ताव पारित

सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट शेयरधनिलाई २० प्रतिशत लाभांश बाँड्ने प्रस्ताव पारित
विज्ञापन
Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ तथा नवौँ वार्षिक सााधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनी संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा काठमाडौंस्थित कालिकास्थानमा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक पािरत गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

साथै, आव २०८०/८१ तथा आर्थिक वर्ष २०८१/८२ एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तिय विवरण प्रतिवेदन समेत पारित गरिएको कम्पनीले जनाएको छ ।

उक्त सभाले लेखापरिक्षकको नियुक्ति गर्ने, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी पाँच अर्ब तीन करोड बाह्र लाख बत्तीस हजार रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ सहित) शेयरधनिहरुलाई कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit