Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सगरमाथा आरोहणमा मौसमले साथ दिएन, तीव्र गतिको हावाले ‘समिट बिन्डो’ प्रभावित

सगरमाथा आरोहणमा मौसमले साथ दिएन, तीव्र गतिको हावाले ‘समिट बिन्डो’ प्रभावित
विज्ञापन
Advertisement

काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ। तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ। पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो।

विज्ञापन
Advertisement
Advertisement

विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ।”

आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किँदै छन्। अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन्। सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ।

मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ। सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ। उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए। उनले भने, “मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन। चौँथो शिविर पुगेका आरोही आज र भोलि (मङ्गलबार) सबैजना आधार शिविर आउनुहुन्छ होला।”

मौसम खराबीका कारण अबको तीनरचार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ। सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एकटके एक्सपिडिसन कम्पनीका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो। मे १२ देखि १५ सम्म ‘समिट बिन्डो’ रहेको थियो। मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो। तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो।

हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने ९रोप फिक्सिङ्ङ०सहित चार समूहका आरोहीले मात्रै सगरमाथा चढेको विभागको फिल्ड कार्यालयले जनाएको छ। कञ्चनजङ्घा हिमालमा पनि प्रतिकूल मौसमले आरोहण प्रभावित भएको विभागले जनाएको छ।

यो याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्। सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit