Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

भारत–पाकिस्तानबीच संयम अपनाउन हामीले गरेको आग्रहले लडाइँ रोकियो

भारत–पाकिस्तानबीच संयम अपनाउन हामीले गरेको आग्रहले लडाइँ रोकियो
विज्ञापन
Advertisement

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संयम र शान्तिको कामना गरेपछि भारत र पाकिस्तानबीच लडाइँ रोकिएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले युद्धमा जान नदिन आफूहरूले गरेको आग्रह सुनुवाइ भएको भन्दै खुशी व्यक्त मात्र गरेनन् उनले भारत र पाकिस्तानले युद्ध हुन नदिन संयमता अपनाएको प्रति धन्यवाद दिएका छन्।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८२ को अवसरमा सोमबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भारत र पाकिस्तानबीच युद्धको स्थितिसम्म पुगेको तनाव नेपाललगायत पक्षहरूको संयमता आग्रहपछि मत्थर भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘झण्डै झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ।’

नेपालले भारत पकिस्तानको तनाव लडाइँमा परिणत नहोस भनि गरेको कामना पूरा भएको उल्लेख गर्दै भने, ‘हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस्। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौं, उहाँहरूसँग पनि कुरा गर्‍यौं । नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही केही आरोप प्रत्यारोपको स्थिति छ।’

यस्तै, प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा, उपदेशको विस्तार गर्न तथा अझ बढी व्यवस्थित बुझ्ने र बुझाउने प्रयासका लागि, खोज अध्ययन अनुसन्धानका लागि सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरेको बताए । उनले भने, ‘विश्वविद्यालयले बुुद्धिजमको सन्दर्भमा खोज अध्ययन र अनुसन्धानका ध्यान दिनेछ र यसमा महत्वपूर्ण योगदान पुर्याउने छ भन्ने विश्वास लिएको छु।’

यसैगरी, लुम्बिनी विकास कोषलाई सम्मेलनको प्रबन्धलाई अझै व्यवस्थित गरि केही प्रमुख भाषाहरुको अनुवाद गर्ने प्रबन्ध गराउन प्रधानमन्त्री ओलीले आग्रह गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit