Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

२५ वर्षको यात्रामा डियर हिल सुज : युएन पार्कमा ‘फुटवयर एक्स्पो २०८२’ को आकर्षण

२५ वर्षको यात्रामा डियर हिल सुज : युएन पार्कमा ‘फुटवयर एक्स्पो २०८२’ को आकर्षण
विज्ञापन
Advertisement

 ललितपुर । ललितपुरकाे  ज्वागलको युएन पार्क यतिबेला निकै रंगीन देखिन्छ। कारण हो—‘फुटवयर एक्स्पो २०८२’। नेपाली फुटवयर ब्रान्ड डियर हिल सुज ले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको यो भव्य मेला वैशाख २० गतेदेखि सुरु भई जेठ २९ गतेसम्म चल्नेछ। मेलामा हरेक उमेरका ग्राहकका लागि विशेष छुट र फरक–फरक शैलीका जुत्ता–चप्पल उपलब्ध छन्।

विज्ञापन
Advertisement
Advertisement

२५ वर्षको भरोसा र ब्रान्डको पहिचान

२५ वर्ष लामो यात्रामा डियर हिल सुज नेपाली बजारमा आफ्नो पहिचान बनाउँदै आएको छ। स्थानीय उत्पादन, उपयुक्त मूल्य र गुणस्तरीय डिजाइनका कारण डियर हिल सुज आज नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ। यो मेला कम्पनीको विगतको यात्रा र भविष्यप्रतिको प्रतिवद्धताको प्रतीक बनेको छ।

बेस फुटवयर कम्पनीका निर्देशक सौजन उपाध्याय भन्छन्, “यो मेला हाम्रो नविनता, प्रतिबद्धता र ग्राहकप्रतिको सम्मानको प्रतीक हो। हामीले अहिलेको गर्मी र वर्षा मौसमअनुसारका फुटवयर डिजाइन प्रस्तुत गरेका छौं।

१० देखि ५० प्रतिशतसम्म छुट

मेलामा स्पोर्ट शू, रनिङ शू, स्कुले जुत्ता, कलेज–अफिस प्रयोगका लेदर सुज, कजुअल चप्पल आदि सबै प्रकारका फुटवयर १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटमा उपलब्ध छन्। नयाँ डिजाइनका उत्पादनहरू पनि विशेष छुटमा विक्रिमा राखिएका छन्, जसले ग्राहकलाई एकै ठाउँमा अनेक विकल्प हेर्ने र छनोट गर्ने अवसर दिएको छ।

सबैका लागि—एक गन्तव्य

पुरुष, महिला र बालबालिकाका लागि उपलब्ध फुटवयरको विविधता र मूल्य छुटले गर्दा यो मेला काठमाडौं उपत्यकाका उपभोक्तामात्र होइन, देशभरबाट आएका ग्राहकका लागि पनि आकर्षणको केन्द्र बनेको छ। गर्मी र वर्षायामको तयारी गर्दै जुत्ता–चप्पल खरिद गर्ने सोच बनाएका उपभोक्ताका लागि युएन पार्कमा आयोजित यो मेला उपयुक्त गन्तव्य सावित हुन सक्छ।

फुटवयर खरिदको सुनौलो अवसर

‘फुटवयर एक्स्पो २०८२’ डियर हिल सुजको व्यवसायिक सफलताको मात्र उत्सव होइन, यो उपभोक्ता–मैत्री सोचको नमुना पनि हो। नयाँ डिजाइन, विशेष छुट र सबै उमेर समूहका लागि डिजाइन गरिएका फुटवयरले मेलालाई आकर्षक बनाएको छ। यस मेला मार्फत ग्राहकले गुणस्तरीय नेपाली उत्पादनमा विश्वास गर्ने आधार अझ बलियो बनाउनेछन्।

भिडियाे सहित

@corporate.samacha

युएन पार्कमा ‘फुटवयर एक्स्पो २०८२’ को आकर्षण

♬ original sound – Corporate Samachar – Corporate Samachar

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit