Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

फ्रान्सेली लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानी गर्न इप्पान अध्यक्ष कार्कीको आग्रह

फ्रान्सेली लगानीकर्तालाई नेपालको जलविद्युत्मा लगानी गर्न इप्पान अध्यक्ष कार्कीको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युतको महत्वपूर्ण भूमिका रहने बताए । बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न उनको आग्रह छ ।

सन् १९९९ अघि नेपालको कुल विद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेकोमा निजी क्षेत्र प्रवेश गरेको २५ वर्षमै नेपालले तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन क्षमता पुर्‍याए कार्कीले बताए । कार्कीले यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत अर्थात् २८०० मेगावाट पुगेको उनले जानकारी गराए ।

फ्रान्सको साझेदारीले दिगो, समावेशी र जलवायु प्रतिरोधी ऊर्जा विकासप्रति नेपाल र फ्रान्सको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरिरहेको उनको भनाइ छ ।सम्मेलनमा त्रिशूली नदीमा निर्माणाधिन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले वित्तीय सहयोग गरेको कार्कीले स्मरण गराएका थिए ।

यो परियोजनाका लागि फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलरको ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत् आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ ।

जलविद्युत उपकरण, स्मार्ट ग्रिड प्रणाली, र इन्जिनियरिङ सेवामा विशेषज्ञता राख्ने फ्रेन्च कम्पनीहरू नेपालको बढ्दो ऊर्जा बजारसँग सहकार्य गर्दा उपयुक्त हुने उल्लेख गर्दै कार्कीले सहकार्य गर्न आग्रह गरे । यस्तै उनले, आगामी असोज १ र २ गते आयोजना हुन गइरहेको पावर समिट २०२५ मा सहभागी भई नेपाललाई क्षेत्रीय बजारमा ऊर्जा आपूर्ति गर्ने देशको रुपमा स्थापित गर्न सहयोग गर्न कार्कीले आग्रह गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit