Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

ग्राहकले रुचाएको सानिमा रिलायन्सको ‘शुभलक्ष्मी जीवन बीमा’ योजनामा के छ ?

ग्राहकले रुचाएको सानिमा रिलायन्सको ‘शुभलक्ष्मी जीवन बीमा’ योजनामा के छ ?
विज्ञापन
Advertisement

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुभलक्ष्मी जीवन बीमा योजना लोकप्रिय बन्दै गएको छ । यो बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने भएकाले ग्राहकवर्गको रोजाइमा परेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बचत र रक्षावरण दुवैको दृष्टिकोणबाट यो उत्कृष्ट योजना भएको कम्पनीले जनाएको छ । सामान्य स्तरको आय आर्जन र तुलनात्मक रूपमा अधिक जोखिम हुने खालका पेशा अपनाएका व्यक्तिहरूका लागि यो उपयुक्त योजना हो ।
योजनाको विशेषता :

यस योजनाले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्नुका साथै बीमितको प्राकृतिक कारणबाट मृत्यु भएमा बीमाङ्कको २ गुणा र दुर्घटनाको कारणबाट मृत्यु भएमा ३ गुणा रकम हकवालालाई भुक्तानी गरिन्छ । यस्तै, विभिन्न १८ वटा घातक रोगमध्ये कुनै पनि एउटा रोगको पहिचान भएमा १० लाख रुपैयाँ बीमाङ्कसम्मको एकमुष्ट भुक्तानी गर्दछ । यसले बीमितलाई उपचारका लागि रकम जुटाउने तनावबाट राहत दिलाउँछ ।

कुनै बीमितले १० लाख बीमाङ्क भएको शुभ लक्ष्मी जीवन बीमा योजना खरिद गरेका छन् भने बीमा अवधि सकिएपछि १० लाख रुपैयाँसँगै पूरा अवधिभर आर्जित बोनस पनि एकमुष्टमा कम्पनीने भुक्तानी गर्छ । यदि बीमा अवधि नसकिँदै बीमितको दुर्घटनाका कारण मृत्यु भयो भने हकवालालाई यो पोलिसी अनुसार ३० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा भुक्तानी हुन्छ । प्राकृतिक मृत्यु भएका हकमा भने हकवालाले २० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा पाउनेछन् ।

बीमा योजनाको लागि योग्यता

यो बीमा योजना १८ वर्ष पूरा भएर ६० वर्ष ननाघेका जो कोहीले पनि खरिद गर्न सक्नेछन् । बीमा योजनाको अवधि न्यूनतम १० देखि अधिकतम ५२ वर्षसम्मको रहेको छ । यो योजना अन्तर्गत बीमितले आफ्नो आर्थिक क्षमता अनुसार २५ हजार देखि १० लाख रुपैयाँसम्मको बीमाङ्क रकम रहेको बीमालेख खरिद गर्न सक्नेछन् । यस्तै, १८ वर्षकै उमेरमा यो बीमा योजनाको अधिकतम अवधितर्फको बीमालेख खरिद गर्ने बीमित ७० वर्षको हुँदा उसको बीमा म्याच्युर हुनेछ ।

प्रिमियम तिर्ने तरिका
यो योजनामा प्रिमियम भुक्तानी गर्ने तरिका पनि लचिलो रहेको कम्पनीले जनाएको छ । बीमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

बीमाको लागि सानिमा रिलायन्स नै किन रोज्ने ? 

जीवन अनिश्चित भएकाले जीवन बीमा गरी निर्भिक रहेर मात्र नियमित आम्दानीको बाटो पहिल्याउन सकिन्छ । जीवन बीमाको माध्यमद्वारा आर्थिक सुरक्षा, बचत र उन्नतिको निश्चिन्तता बनाई राख्नु अहिलेको आवश्यकता हो । पारिवारिक र अन्य आर्थिक जिम्मेवारी कुशल र सहज रूपमा वहन गर्न यो योजना फलदायी साबित हुनेछ । सम्पन्न र सुदृढ परिवार निर्माणको चाहना राख्ने सबैले यो बीमालेख खरिद गर्न सक्नेछन् ।

सानिमा रिलायन्सले नेपालमै उत्कृष्ट जीवन बीमालेखहरू प्रदान गर्दै आएको छ । यो कम्पनी आर्थिक रूपमा सुदृढ र सम्पन्न छ भने पारदर्शिता र सुशासनलाई इन्स्योरेन्सले सधैं मूल मन्त्र मान्दै आएको छ । त्यसकारण सानिमा रिलायन्स लाइफसँग ग्राहकको बीमालेख हरेक प्रकारले सुरक्षित रहेको हुन्छ ।

देशभर १६९ शाखा सञ्जाल रहेको कम्पनिको पूँजी ५ अर्बभन्दा बढी रहेको छ । यस्तै, रिलायन्सको विभिन्न क्षेत्रमा २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २० हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit