इलाम । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिँदै इलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा दिने हेतु सञ्चालित अभियानअन्तर्गत आज ५०० आरू र ५०० नासपाती गरी एक हजार फलफूलका बिरुवा रोपेरको हो ।
कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा प्रदेशका विभिन्न शाखाका शाखा प्रमुखहरुले सहभागिता जनाएको कम्पनीले जनाएको छ ।
सोहि कार्यक्रममा लुम्बिनी वर्ल्ड पीस फोरमको तर्फबाट वृक्षारोपण अभियानको अभियन्ता बासु गौतम र इलाम नगरपालिकाको तर्फबाट मेयर केदार थापा र नुतन देब दुलाल (अध्यक्षःवार्ड नं–४), दुर्गा मदन श्रेष्ठ सदस्य (वार्ड नं ६), दल मान तामाङ्ग (अध्यक्ष– वार्ड नं ६), ओम नाथ प्रधान (अध्यक्ष– वार्ड नं १०), पारस मणि काफ्ले (सदस्य– वार्ड नं ४) र कृषि प्राविधिक उपेन्द्र नेपालको उपस्थिति थियो।
सन नेपाल लाइफ इन्स्योरेन्सले सामुदायिक दिगोपन, सामाजिक जिम्मेवारी र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको मुख्य आधार मानेर वृक्षारोपणलाई निरन्तर रूपमा देशभर विस्तार गर्दै आएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्