images images images
images images images
images
images
images

जोखिम भार घट्दा पनि देखिएन शेयर बजारमा उत्साह, लगानीकर्ता ‘पर्ख र हेरमा’

images

काठमाडाैं । सोमबार नेपाल राष्ट्र बैंकको तेस्रो मौद्रिक नीति समीक्षाले चार वर्षपछि शेयर धितो कर्जामा लगाउँदै आएको जोखिम भारलाई २५ प्रतिशतले घटाएर १२५ प्रतिशतबाट २५ प्रतिशतमा झारेको थियो । लामो समयपछि जोखिम भारलाई लिएर लगानीकर्ताहरु असन्तुष्ट थिए । तर, मंगलबार नेप्से सूचक सुरुवातमा उत्साहित देखिए पनि अन्त्यमा बजार घटेर बन्द भएको छ । बजार घट्दा लगानीकर्ता बजारप्रति ‘पर्ख र हेर’को अबस्थामा देखिएका छन् ।

एक लगानीकर्ताले भने, ‘अहिले बजारमा ढुक्क भइहाल्ने सक्ने अबस्था छैन , आजको भोलि नै यसको प्रभाव देखिने होइन, अब बल्ल विस्तारै कर्जा प्रवाह हुन्छ जसले आगामी दिनमा बजार सुधारको बाटो खोलिएको हो ।’ यो दिन नेप्से परिसूचक ५.२१ अंकले घटेर २ हजार ६७४.७६ विन्दुमा आइपुगेको छ । धितोपत्र र ऋणपत्रगरी १ करोड ७१ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत पावर,न्यादी ग्रुप पावर, युनिभर्सल पावर, कुमारी बैंकको शेयर २१ करोड ९५ लाख रुपैयाँदेखि ६४ करोड ३१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

images
images

घटेको बजारमा ओम श्री फार्माम्यूटिकल्सको शेयर मूल्यमा आज पनि १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तैगरी उपकार लघुवित्त, कृषि विकास बैंकको ऋणपत्रगरी ४.९८ प्रतिशतदेखि ६.१९ प्रतिशतले बढेको छ । घटेको बजारमा गुराँश लघुवित्त वित्तीय संस्था, बराही हाइड्रो पावरको शेयर मूल्य ५.५२ प्रतिशतदेखि १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्