Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
विज्ञापन
Advertisement

बनियानी । आज बिहानदेखि परेको अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

बाढीले डाइभर्सनसँगै सडक बगाएपछि वैकल्पिक मार्ग प्रयोग भइरहेको उनले बताए । आवागमनका लागि सोही स्थानको पश्चिमतर्फ कालिखोला हुँदै शान्तिगाँउ वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कमा आउने वैकल्पिक रूट प्रयोगमा ल्याइएको छ । सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ । यता, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले मोबाइल एसएमएसमार्फत जनाएको छ ।

थप वर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउन सक्ने जनाउँदै आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit