Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आजको कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ ?

आजको कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ ?
विज्ञापन
Advertisement

काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा उपलब्ध तरकारी, फलफूल, सागपात, मसला तथा माछाको मूल्य निर्धारण गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

गोलभेंडा ठूलो नेपालीको प्रतिकिलो मूल्य ४० रुपैयाँ तोकिएको छ भने भारतीय गोलभेंडा ६० रुपैयाँमा कारोबार भएको छ। सानो गोलभेंडा लोकल ६५ रुपैयाँ, टनेलको ८० रुपैयाँ र भारतीय सानो गोलभेंडा ६० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ। आलु रातो नेपाली ३७, भारतीय ३८ र मुडे आलु ३९ रुपैयाँमा थोक मूल्य निर्धारण गरिएको छ। प्याज सुकेको भारतीय ३८, गाजर लोकल ५०, बन्दा लोकल २०, काउली स्थानीय ३५, मूला रातो ४० र मूला सेतो लोकल २० रुपैयाँमा कारोबार भइरहेको छ। हाइब्रिड सेतो मूला भने २५ रुपैयाँमा उपलब्ध छ।

भन्टा लाम्चो ३०, डल्लो भन्टा ३५, तने बोडी ७०, मकै बोडी ६०, मटरकोसा ८५, घिउ सिमी लोकल र हाइब्रिड दुवै ४०, राजमा १००, भटमास कोसा १२०, तीतो करेला ५०, लौका ४५, परबर (स्थानीय र तराई दुवै) ७०, चिचिण्डो ४०, घिरौला ४०, झिगुनी ६५, फर्सी पाकेको ४५, हरियो फर्सी लाम्चो ३०, डल्लो फर्सी २०, र भिण्डी ३५ रुपैयाँ प्रतिकिलोमा निर्धारण गरिएको छ।

सखरखण्ड ७०, पिँडालु १२०, रायो साग ४५, पालुङ्गो साग ६०, चमसुरको साग ८०, तोरीको साग ३०, मेथीको साग १००, प्याज हरियो ६०, कन्य च्याउ १८०, डल्ले च्याउ ३१०, कुरिलो ४०० र निगुरो ३० रुपैयाँमा तोकिएको छ। ब्रोकाउली र चुकुन्दरको थोक मूल्य ६५ रुपैयाँ, सजीवन र जिरीको साग ९०, ग्याठकोभी ६०, सेलरी १८०, पार्सले ४००, सौफको साग १००, पुदिना ११०, गान्टेमूला ४०, इमली १७०, तामा १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलोमा बजारमा उपलब्ध छन्।

फलफूलमा स्याउ झोले २५०, फुजी स्याउ ३००, केरा एक दर्जनको १५०, कागती २००, अनार ३५०, आँप दशहरी २३०, हरियो अङ्गुर २५०, कालो अङ्गुर ३५०, हरियो तरबुजा ४०, मौसम २००, जुनार २५०, भुइँकटहर एक गोटा २००, काँक्रो लोकल ४०, हाइब्रिड काँक्रो २०, रुखकटहर ६५, नास्पाती चाइनिज २५०, मेवा नेपाली ८०, भारतीय मेवा १०० र भारतीय लिची २०० रुपैयाँमा विक्रि भइरहेको छ।

अदुवा १२०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ६०, बुलेट र माछे खुर्सानी क्रमशः ६० र ३५, अकबरे खुर्सानी ३००, भेडेखुर्सानी ६०, हरियो लसुन ८०, हरियो धनियाँ ५०, सुकेको चाइनिज लसुन २८०, नेपाली लसुन २००, सुकेको छ्यापी २०० र हरियो छ्यापी १५० रुपैयाँमा उपलब्ध छन्।

माछा वर्गमा रहु, बचुवा माछा ३२० रुपैयाँ र छडी माछा २४० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ। विशेष प्रकारका च्याउमध्ये राजा च्याउ ३०० र सिताके च्याउको थोक मूल्य प्रतिकिलो १००० रुपैयाँ निर्धारण गरिएको छ।

समितिले यी मूल्यहरू दैनिक रुपमा आपूर्ति, माग र मौसमी अवस्थाको आधारमा परिमार्जन गर्ने जनाएको छ। उपभोक्ताहरूलाई बजार भ्रमण गर्दा ताजा मूल्यको जानकारी लिन र मूल्यसूचीअनुसार कारोबार गर्न अनुरोध गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit